चितवन । चितवनमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बसमा सवार २८ जनामध्ये २२ जना घाइते छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाको थप विवरण आउँन बाँकी छ। अहिले चितवनका सिडियो र डीएसपी घटनास्थलमा छन् ।