वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरू ५ सय शैयाको निर्माणको माग गर्दै लामो समयदेखि आन्दोलनरत छन्। अस्पतालको पूर्वाधार सुधार र शैयाको संख्या वृद्धि गर्नको लागि उनीहरूले दबाब दिन थालेका छन्, जुन अहिले प्रमुख विषय बनेको छ। उनीहरूको आन्दोलनसँगै विभिन्न संघसंस्थाले पनि आन्दोलनमा समर्थन जनाउँदै आएका छन्।
सोही क्रममा, आम नागरिक समाज वीरगञ्ज पर्साले शनिवार दबाब (याली निकाल्ने कार्यक्रम तय गरेको छ। यो (याली नारायणी अस्पतालको ५ सय शैयाको निर्माणको माग राख्दै जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो।
तर, उक्त (याली अघि नै शुक्रबार जनमत पार्टी पर्साले आफ्नो दबाब प्रदर्शन गरेको छ। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा मुख्य सडक अवरुद्ध गरेका थिए । जसक्रममा प्रहरीले केही बेर अवरोध पनि गरेको थियो ।