वीरगन्ज । जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजना फरार प्रतिवादी पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले डाका मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने अभाव भन्ने अलताफ सेकलाई पक्राउ गरेको हो ।
सप्तरी जिल्ला अदालत राजविराजबाट डाका मुद्धामा तीन महिना कैद र दश हजार रुपैंया जरिवाना सजाय फैसला भई फरार रहेका उनलाई आईतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।