वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल प्रहरीको नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकलमा लोड रहेको प्रतिबन्धित ६३ केजी गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बाराको सुबर्ण गाउँपालिका वडा नम्बर–३ बकतौरामाप्रहरी टोलीलाई मोटरसाईकल चालकले देखेपछि मोटरसाईकल छाडेर फरार भएका थिए ।
मोटरसाईकल छाडेको स्थानमा प्रहरी पुगेर हेर्दा दुबै मोटरसाईकलमा गाँजा लोड रहेको पाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए ।
बरामद गरिएको प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।