वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) महोत्तरी गठन भएको छ । शनिबार सम्पन्न जिल्ला भेलाले ललन मण्डलको अध्यक्षतामा ७ सदस्यीय नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) महोत्तरी गठन गरेको हो ।
नवगठित समितिको सचिवमा रंजित कावर, कोषाध्यक्षमा निरुता चौधरी, सदस्यहरुमा शुभद्रा भूजेल, रीता लामा, राजकुमार मोक्तान र ऋषि कुमार मण्डल रहेका छन् । भेलाले ३ जना प्रदेश अधिवेशन प्रतिनिधि र दुईजना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
प्रदेश प्रतिनिधिमा ऋषि मण्डल, निरुता चौधरी र राजकुमार गौतम र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोज कुमार थापा र रीता लामालाई चयन गरेको छ ।
फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फोनिज संघीय समितिका सदस्य शंकर श्रेष्ठ रहेका थिए ।