वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालू आर्थिक वर्षको ६ महिनामा २१ करोड २८ लाख २६ हजार ५२२ मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरीले चालू आर्थिक वर्ष २०८१/८२ को श्रावन देखि पौष मसान्त सम्म वीरगञ्ज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैयामा उक्त मूल्य बराबरको समान दाखिला गरेको हो ।
सशस्त्र प्रहरीले चालू आर्थिक बर्षमा वीरगन्ज भन्सार कार्यालयमा १६ करोड ४७ लाख ४१ हजार १७५ रुपैंया बराबरको सामान अनुसन्धान कारवाहीका लागि दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकार सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरीले चालू आर्थिक बर्षको साउन महिनामा ३ करोड ५३ लाख ५७ हजार ५१५ रुपैंया, भदौ महिनामा ३ करोड ५६ लाख ६४ हजार ३४७ रुपैंया, असोज महिनामा १ करोड ९८ लाख ९३ हजार ३९४ रुपैंया, कार्तिक महिनामा ३ करोड ४४ लाख ७३ हजार ६७८ रुपैंया, मंसिर महिनामा २ करोड ५८ लाख ४८ हजार २८५ रुपैंया र पुष महिनामा १ करोड ५५ लाख ३ हजार ९५६ रुपैंया बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै चालू आर्थिक बर्षमै सशस्त्र प्रहरीले ४ करोड ६० लाख ८५ हजार ३४७ रुपैंया मूल्य बराबरको सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।
चालू आर्थि बर्षको साउन महिनामा १ करोड ८९ लाख २३ हजार ६८८ रुपैंया, भाद्र महिनामा ३ लाख ३० हजार, मंसिरमा ७१ लाख ७६ हजार ४६२ रुपैंया र पुष महिनामा १ करोड ९६ लाख ५५ हजार १९७ रुपैंया मूल्य बराबरको सामान बरामद गरि राजस्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला गरेको छ । असोज र कार्तिक दुई महिनामा भने शुन्य रहेको छ ।
उनका अनुसार चालू आर्थिक बर्षमा वीरगन्ज भन्सार र राजस्व अनुसन्धान कार्यालयमा गरी २१ करोड २८ लाख २६ हजार ५२२ रुपैंया मूल्य बराबरको सामान बरामद गरी कारवाहीका लागि दाखिला गरेको हो ।
अघिल्लो आर्थिक बर्षमा सशस्त्र प्रहरीले १४ करोड ५९ लाख ७२ हजार ८६७ रुपैंया मूल्य बराबरको सामान बरामद गरी दुवै निकायलाई बुझाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षमा ६ करोड ६८ लाख ५३ हजार ६५५ रुपैंया बढी मूल्यको सामान बरामद गरी दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक बर्षमा वीरगन्ज भन्सार कार्यालयमा भन्दा राजस्व अनुसन्धान कार्यालयमा बढी मूल्य बराबरको सामान बुझाएको छ । चालू आर्थिक बर्षमा भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा भन्दा वीरगन्ज भन्सार कार्यालयमा बढी मुल्य बराबरको सामान बुझाएको छ ।