वीरगन्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैया सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले आईतबार दिउँसो स्रोत नखुलेको नगद सहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्ला पन्टोका ग्राम पंचायत वडा नं.–१ भलुवाहा बस्ने वर्ष ३८ को विशेश्वर यादव रहेका छन् ।
बीरगन्ज–१६, भन्सार मेनगेटमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ६ लाख ५ हजार १८५ रुपैया बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
बा ४१ प ८४९३ नम्बरको हिरोहोण्डा कम्पनीको मोटरसाईकलको मूल्य दुईलाख र एक थान रियल मी कम्पनीको मोबाईलको मूल्य २५ हजार सहित जम्मा मुल्य ८ लाख ३० हजार १८५ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।