वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको स्वास्थ्य क्षेत्रको सुधारका लागि छलफल गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बोलाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले सूचना जारी गर्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउने विषयमा छलफलका लागि चिकित्सक संघ सहित पर्साका ३३ वटा स्वास्थ्य संस्थालाई शनिबार ११ बजे बोलाएको हो ।
स्वास्थ्य सँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्न बोलाएको जिल्ला प्रशासन कार्यालयले नै अनुसन्धान कारवाहीको लागि पत्राचार गरेको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथ सिटी हिमाल अस्पताललाई भने के गर्ला ? भन्ने यतिखेर आमनागरिकले चासोका साथ हेरिरहेका छन् ।
मंसिर १७ गते वीरगन्जको बाईपास भिस्वा होटल नजिकै बसबाट ओर्लने क्रममा घाईते भएकी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ बर्षीया राजपती कुमारीलाई उपचारका लागि साउथ सिटी हिमाल अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार शुरु भएपछि घाईतेको स्वास्थ्य अवस्था सामान्य देखिएको र मंसिर १८ गते पीडित पक्ष र सवारीधनीबीच सहमति गर्न वडा प्रहरी कार्यालय श्रीपूरमा समेत बोलाउदा पीडित पक्ष आएको थिएन ।
पीडित पक्षले हस्पिटल खर्चको नाममा दुईदिनको मात्रै ९५ हजार ६ सय रुपैंया, औषधि खर्चमा मात्रै १३ हजार ८ सय ५४ रुपैंया र क्यान्टिनको दुईदिनको खाना र खाजाको मात्रै १० हजार ५ सय रुपैंया सहितको अस्पतालकै लेटर हेडमा लेखेर दिएको थियो ।
अस्पतालले भ्याटबिल सहितको रकम उल्लेख गरेर दिनुपर्नेमा अस्पतालको लेटर हेडमा मात्रै लेखेर सवारी धनीबाट असुल्न खोजेपछि आवश्यक अनुसन्धान कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेको थियो ।
सोही निवेदन उपर आवश्यक अनुसन्धान कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई जिल्ला प्रशासन कार्यालय पर्साले पत्राचार गरेको थियो । निवेदकको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले साउथ सिटी हिमाल अस्पताल प्रालिका सञ्चालक रञ्जित चौरसिया, नरेश यादव र राकेश यादवमाथि आवश्यक अनुसन्धान र कारवाही गर्न पत्राचार गरेको हो ।
बिरामीसँग बढी रकम लिएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको थियो । अस्पतालले बढी रकम लिएको समाचारमा आएपछि अस्पतालले यथार्थ लागेको रकम बाहेक बढी रकम नलिएपछि प्रशासनले गर्ने कारवाहीबाट समेत उन्मुक्ति पाएको थियो ।
त्यस लगत्तै अस्पतालले थप समाचारहरु रोक्नका लागि केही सञ्चार माध्यमहरुलाई विज्ञापन दिएर प्रभावमा पा-यो । साउथ सिटी हिमाल अस्पतालसँगै हिमाल इन्स्टिच्युट अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजी प्राविधिक शिक्षालय पनि सञ्चालनमा रहेको छ ।
उक्त प्राविधिक शिक्षालयले सञ्चालन गरेको मनकामना होस्टेलमा समेत क्षमता भन्दा बढी विद्यार्थी राख्ने र बढी होस्टेल शुल्क लिने गरेको गुनासो गर्ने गरेका छन् । होस्टेलको वार्डेन समेत योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको स्रोतले जनाएको छ ।
होस्टेल वार्डेनको आवश्यक शैक्षिक योग्यता संस्था र स्थान अनुसार फरक हुन सक्छ । तर, सामान्यतया केही योग्यताहरु भने आवश्यक हुन्छ । सामान्यतया : होस्टेल वार्डेन पदका लागि कम से कम कुनै पनि शंकायमा (स्नातक तह) ब्याचलर डिग्री आवश्यक हुन्छ।
केही संस्थाहरूले विशेष विषयमा अध्ययन गरेको व्यक्ति (जस्तै मनोविज्ञान, शिक्षा, आदि) लाई प्राथमिकता दिन सक्छन्। कतिपयले शैक्षिक क्षेत्रमा अनुभव भएको पनि राख्न सक्ला ।
विशेष गरी शिक्षा, छात्रावास व्यवस्थापन, वा समान क्षेत्रमा काम गरेको अनुभव। कुनै संस्थामा शिक्षक र शिक्षिका वा अन्य प्रशासनिक कार्यमा अनुभव प्राप्त भएको व्यक्तिलाई प्राथमिकता दिन सक्छ।
त्यसैगरी नेतृत्व क्षमतामा विद्यार्थीहरूको राम्रोसँग व्यवस्थापन गर्ने क्षमता। संचार कौशलमा विद्यार्थी र व्यवस्थापन बीच राम्रो समन्वय बनाउन सक्षम व्यक्ति पनि हुनसक्छ ।
विद्यार्थीहरूको समस्या र विवाद समाधान गर्ने क्षमता भएको पनि हुनुपर्छ । कुनै–कुनै संस्थामा विशेष शारीरिक मापदण्ड र मानसिक तयारी पनि हुन सक्छ।
हिमाल इन्स्टिच्युट हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भने यी कुनैपनि मापदण्ड नपुगेको क्याण्टिन सञ्चालन गर्नेलाई बर्षौदेखि होस्टेल वार्डेनको जिम्मेवारी दिएको छ ।
सीटीईभीटीबाट अनुगमनमा आउनेहरुलाई पनि आर्थिक प्रभावमा पारेर मापदण्ड नपुगेकोलाई पनि पास गराउन सञ्चालकहरु खप्पिस भएका छन् ।