वीरगन्ज । शुक्रबारदेखि शुरु हुने ब्याटिङ क्याम्पमा छनोट भएका खेलाडीहरुको नाम नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक छ । नेपाली क्रिकेट संघले छनोटमा परेका २० जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्ने अभिप्रायले जनवरी १७ तारिक अर्थात शुक्रबारदेखि २५ तारिकसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुर र माथिल्लो मुलपानी क्रिकेट मैदानमा ब्याटिङ क्याम्प शुरु गर्न लागिएको छ ।
सोही क्याम्पका लागि खेलाडीहरुको नाम सार्वजनिक गरिएको क्यानका सचिव छुम्बी शेर्पाले जानकारी दिए । नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रत्यक्ष निगरानीमा ब्याटिङ क्याम्प संचालन गर्न लागिएको र त्यसका लागि खेलाडीहरुको छनोट गरिएको जनाईएको छ ।
को को परे छनोटमा ?
१.लोकेश बम– नेपाल एपिएफ क्लब
२. त्रितराज दास– त्रिभुवन आर्मी क्लब
३. किरन ठगुन्ना– सुदुरपश्चिम प्रदेश
४. रित गौतम– बागमती प्रदेश
५. सोनु अन्सारी– कोशी प्रदेश
६. सोहेल कुमार– गण्डकी प्रदेश
७. अभिषेक तिवारी मधेश प्रदेश
८. विपिन रावल– कर्णाली प्रदेश
९. सन्तोष यादव– लुम्बिनी प्रदेश
१०.नरेन भट्ट– सुदुरपश्चिम प्रदेश
११. उत्तम रंगु थापा मगर– बागमती प्रदेश
१२. आकाश त्रिपाठी– लुम्विनी प्रदेश
१३. शुभ कंशकार– बागमती प्रदेश
१४. ईमरान शेख– त्रिभुवन आर्मी क्लब
१५. सन्तोष कार्की– त्रिभुवन आर्मी क्लब
१६. अर्जुन कुमाल– गण्डकी प्रदेश
१७. अंकित सुवेदी– कोशी प्रदेश
१८. आशुतोष पिरैहिया– बागमती प्रदेश
१९. सुजन थपलिया – कोशी प्रदेश
२०. अर्जुन घर्ती मगर – कर्णाली प्रदेश