वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ बीरगन्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
होटल तथा पर्यटन व्यावसायी संघ बीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुभकामना मन्तव्य दिँदै संघका निर्वाचित पदाधिकारीहरू तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल व्यावसायी सुनिल खेतान, होटल तथा पर्यटन व्यावसायी संघका महसचिव माधव बस्नेत, सचिव हिरा श्रेष्ठ लगायतले पनि निर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेका थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल लगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
मन्तव्यका क्रममा व्यावसायिक पत्रकारिता र पेशागत सुरक्षाको विषयमा समेत जोड दिईएको थियो । साथै पत्रकारिता क्षेत्र र होटल तथा पर्यटन व्यवसायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले गरेको सम्मान कार्यक्रमले होटल तथा पर्यटन व्यवसाय र पत्रकारिता क्षेत्रबीच आपसी सहकार्य र सम्मानको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा र सञ्चालन दिलिपराज कार्कीले गरेका थिए ।