• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज नाकाबाट आउने पर्यटकको संख्या घटे

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष १७, बुधबार ०७:०९ गते
वीरगन्ज नाकाबाट आउने पर्यटकको संख्या घटे
3
SHARES
38
VIEWS

वीरगन्ज। वीरगन्ज नाका भएर आउने पर्यटकहरुको संख्या घटेको छ । वीरगन्ज स्थित अध्यागमन कार्यालयको तथ्यांक अनुसार बर्षमा २ हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२४ को जनवरी महिनादेखि डिसेम्बर महिनाको अन्तिम सम्म वीरगन्ज नाकाबाट १ हजार २ सय २१ जना पुरुष र ८ सय ८५ जना महिला गरी २ हजार ८६ जना पर्यटक नेपाल भित्रिएका हुन् । त्यस्तै ८ सय ३५ पुरुष र ७ सय ३९ जना महिला गरी १ हजार ५ सय ७४ जना पर्यटक वीरगन्ज नाका भएर भारततर्फ गएका छन् ।

ADVERTISEMENT

अध्यागमन कार्यालय वीरगन्जका प्रमुख सुजितकुमार साहका अनुसार वीरगन्ज नाका भएर ८४ देशका पर्यटकहरु नेपाल भित्रिएका छन् । त्यस मध्य सबैभन्दा बढी थाईल्याण्डका पर्यटकहरु रहेका छन् । थाईल्याण्डबाट २ सय १२ जना पर्यटक वीरगन्ज नाकाबाट नेपाल आएका छन् । त्यस्तै सबैभन्दा बढी ७१४ जनापर्यटक भारत गएका छन् ।

वीरगन्ज नाका भएर आउने पर्यटकहरुबाट अध्यागमन कार्यालय वीरगन्जले ७० हजार १२३.३९ डलर अर्थात ९३ लाख ४९ हजार ३९४ रुपैंया ३९ पैसा राजस्व पनि संकलन गरेको अध्यागमन प्रमुख साहले बताए । भारतबाट वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्नेहरुलाई अनअराईभल भिसा दिएबापत राजस्व संकलन हुने गरेको छ ।

अघिल्लो बर्ष २०२३ को जनवरीदेखि डिसेम्बर ३१ सम्म अध्यागमन कार्यालयमा २ हजार ४१ जना पर्यटक भित्रिएको र १ हजार ४६ जना वीरगन्ज नाकाबाट बाहिरिएका थिए । अघिल्लो बर्ष सबैभन्दा बढी अमेरिकाबाट २ सय ४१ जना पर्यटक वीरगन्ज भित्रिएका थिए । भने, ५ सय ९ जना पर्यटक वीरगन्जबाट भारततर्फ बाहिरिएका थिए ।

अघिल्लो बर्ष अध्यागमन कार्यालयले ७३ हजार ९ सय ७० अमेरिकी डलर अर्थात ९७ लाख १७ हजार ९ सय ७९ राजस्व संकलन गरेको थियो । अघिल्लो बर्षको तुलनामा यसबर्ष पर्यटकको संख्या घट्दा राजस्व संकलन पनि कम भएको छ । पूर्वको काकडभिट्टा नाकामा पनि अध्यागमन कार्यालय सञ्चालनमा आउँदा वीरगन्ज नाकाबाट पर्यटकहरुको संख्या घटेको प्रमुख साहको भनाई छ ।

नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जलाई आर्थिक तथा औद्योगिक नगरीको रुपमा चिनिएपनि यहाँ पर्यटकहरु भने खासै बस्ने गरेका छैनन् । भारतीय पर्यटकको भरमा रहेको वीरगन्जका होटल तथा पर्यटन व्यावसायी तेश्रो मुलुकका पर्यटकहरुलाई भने आकर्षित गर्ने खालको पूर्वाधार संरचनाहरुका अभाव रहेको बताउछन् ।

पछिल्लो समयमा ठूला ठूलाचारतारे स्तरीय होटलहरु खुले पनि पर्यटकहरुका लागि घुम्ने गन्तव्य स्थल नहुँदा पर्यटक आउन सकेको छैन । अंग्रेजी नयाँबर्षमा भारतसँग जोडिएको वीरगन्जले पर्यटनमा खासै लाभ लिन नसकेको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए ।

वीरगन्जमा एक दिन भएपनि पर्यटकलाई स्टे गराउने वातावरण निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको भूमिका नदेखिएको बताए ।

Advertisment Advertisment Advertisment

नयाँबर्षको उत्साह र उमंग खासै नदेखिएको भन्दै अन्य स्थानहरुमा पर्यटकहरुको चहलपहल भईरहँदा आर्थिक नगरी वीरगन्ज भने टुलुटुलु हेरेर बस्नुपर्ने विवसता रहेको पन्तको भनाई छ ।

वीरगन्जमा स्तरीय होटलहरु भएपनि माग अनुसारको आपूर्ति हुन नसकेको पन्तले बताए ।

 

Previous Post

प्रेस सेन्टर नेपाल महोत्तरीमा विशाल बस्नेत र सर्लाहीमा श्रवण थापा चयन

Next Post

१२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In