वीरगन्ज । नेकपा माओवादी केन्द्र निकटको जनवर्गीय संगठन प्रेस सेन्टर नेपाल जिल्ला समिति महोत्तरीको अध्यक्षमा विशाल बस्नेत र सर्लाहीको अध्यक्षमा श्रवण थापा चयन भएका छन् । बर्दिवासमा मंगलबार सम्पन्न महोत्तरीको ५ औं जिल्ला अधिवेशनले विशाल बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिनय यादव, महिला उपाध्यक्षमा भाग्यरेखा ठकुर, सचिवमा विकास आर्य ठाकुर, सहसचिवमा दिपक कुमार पाण्डेय, समावेशी सहसचिवमा उषा आचार्य, कोषाध्यक्ष राजिव कुमार राय कुर्मी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अनिष साह, राधाकृष्ण शर्मा, रजनी साह, जीवनराज दाहाल, बोधप्रसाद सुवेदी (गणेशं) इशारा लामा, अनिषा यादव, गणेश सिंह कुशवाह, अफ्ताब अन्सारी, रोहित यादब चयन भएका छ ।
अधिवेशनबाट आगामी माघ १५ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेश कुमार दास र प्रेम बहादुर कार्की चयन गरेको छ । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा देवलाल गोले, साजन चिमोरिया र रेजिना बिश्वकर्मालाई चयन गरेको छ ।
अधिवेशनको उदघाटन सत्रमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इञ्चार्ज राजु खड्का, मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री भरत साह, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, केन्द्रीय सदस्य सुनिता बराल, मधेस प्रदेश अध्यक्ष किरण कर्ण, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, विद्यार्थी नेता सूर्यनारायण साह लगायतको उपस्थिति रहेको थियो । यस्तै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको अध्यक्षमा पुनः श्रवण थापा चयन भएका छन् ।
मङ्गलबार जिल्लाको बरहथवा नगरपालिका–९, मुर्तियामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सिंगबहादुर थापा (श्रवण) को अध्यक्षतामा ११ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनले संगठनको उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल र सदस्यहरुमा सरोज राय यादव, चन्द्र बहादुर जिम्बा, जितेश यादव र रामनारायण साहलाई चयन गरेको छ ।
यस्तै प्रदेश प्रतिनिधिमा सन्तोष यादव, प्रेमनाथ पौडेल तथा केन्द्रीय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगर चयन भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा आइसिटी मधेश प्रदेश इन्चार्ज भुपनारायण अधिकारी, बरहथवा नगरपालिका–९, का वडाध्यक्ष तुलसी लुइटेल,
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासंघका निवर्तमान जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस युनियनका अध्यक्ष कृष्ण थपलिया, प्रेस चौतारीका जिल्ला अध्यक्ष अच्युतम सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।