काठमाडौैं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो भातृ संगठन अखिल (क्रान्तिकारी) को नेतृत्वमा ३२ वर्षे उमेरहद लागू गरेर जार्नुपर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आईतबार बसेको पदाधिकारी बैठकले अखिल (क्रान्तिकारीको) निर्वाचनबाट आएको उमेरहदको मतलाई स्वीकार गरेर जानुपर्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
अखिल क्रान्तिकारीले संगठनमा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । विद्यार्थीमा कुल दुई हजार ४ सय २८ प्रतिनिधि मध्ये एक हजार ८ सय मत खसेको थियो ।
जसमा ३२ वर्षे उमेर हद राख्नुपर्छ भन्नेमा बढी मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को निर्णयले संगठनभित्रको नयाँ पुस्ता र शुद्धीकरणको प्रक्रियालाई बल दिएको छ ।
‘विद्यार्थी संगठनमा लागेर तर मार्ने’ प्रवृत्तिको अन्त्य भएको यो नतिजाले उमेर हदको पक्षलाई थप बलियो बनाएको छ । संगठनको आगामी यात्रा अब युवा नेतृत्व र विचारको आधारमा तय हुने संकेत दिएको छ।