वीरगन्ज । मधेश प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले रक्तदानको महत्वबारे जागरूकता फैलाउँदै, आपूर्ति र आवश्यकताको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वीरगंज महानगरपालिका वडा नम्बर–३० परसौतीपुर टोलमा रक्तदान आयोजना भएको रक्तदान कार्यक्रमको उदघाटन गर्दै उनले स्थानीय स्तरमा रक्तदानको महत्वबारे जागरूकता फैलाउँदै, आपूर्ति र आवश्यकताको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
सबैको उत्साह र सकारात्मक सक्रियाताले समुदायले धेरै जीवनहरू बचाउन अझ ठूलो योगदान दिन सक्ने आशा गरेको उल्लखे गर्दै उनले रक्तदान गरेर यस अभियानमा आफ्नो सानो योगदान दिने प्रयास गरेको बताए ।
स्थानीय समुदाय र विशेषगरी युवाहरूको जोश र समर्पणले निकै प्रभावित बनाएको भन्दै रगतको अभाव र आवश्यकताबीच हुने असन्तुलनले धेरै बिरामीहरूले कष्ट भोग्नुपरेको अवस्थामा रक्तदानले यसलाई सहज बनाउनेमा विश्वस्त रहेको बताए ।
सम्यक फाउन्डेसनको आयोजना र वीरगंज भोलेण्टियरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।