वीरगन्ज । वीरगन्ज भन्सार एकीकृत जाँचचौकी (आईसीपी) मा भन्सार एजेण्ट र तीनका कर्मचारीहरुलाई पोशाक र परिचय पत्र अनिवार्य गरिएको छ ।
वीरगन्ज भन्सार प्रशासनलाई अनुशासित र सेवा विश्वसनीय बनाउनका लागि पहिचान सहितको परिचय पत्र र पोशाक अनिवार्य गरिएको वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) का भन्सार प्रशासक दीपक लामिछानेले बताए ।
भन्सार प्रशासनमा अनावश्यक व्यक्तिहरुको प्रवेशलाई रोक्न र सेवाग्राहीको सेवालाई सहज बनाउनका लागि पनि भन्सार एजेण्टहरुको पोशाक तथा परिचय पत्र अनिवार्य गरिएको उनले बताए ।
भन्सार एजेण्ट र उसका कर्मचारीहरुले अनिवार्य पोशाक लगाउनका लागि भन्सार एजेण्ट संघलाई जिम्मेवार बनाईएको प्रशासक लामिछानेको भनाई छ ।
मंगलबार तोकिएको पोशाक नलगाई गएका एजेण्ट र उसका कर्मचारीहरुलाई भन्सार गेटमा रोकेको थियो । कोहीबेर गेट बाहिर नै रोकेको उनीहरुलाई भोलीदेखि अनिवार्य पोशाक र परिचय पत्र सहित आउने प्रतिबद्धता सहित भन्सार प्रशासनले प्रवेश दिएको छ ।