वीरगन्ज । सशस्त्र प्रहरीले सीमाक्षेत्रमा कडाई गरेपछि स्थानीयले जानकीटोलामा प्रदर्शन गरेका छन् । भारतबाट घरायसी सामान समेत ल्याउन सशस्त्र प्रहरी भिखमपुर बेस क्याम्पले नदिएको विरोधमा जानकीटोलाका स्थानीले टायर बालेर प्रदर्शन गरेका हुन् ।
सशस्त्र प्रहरीको भिखमपुर बेस क्याम्पले भारतबाट घरायसी प्रयोजनका लागि सामान समेत ल्याउन नदिएपछि उनीहरुले सशस्त्र प्रहरी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
सीमा नाकामा भन्सार छलिका सामान भित्र्याउन नदिन कडाई गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीको विरोध गरेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताउनुभयो । अहिले त्यहाँको अवस्थामा सामान्य भएको बताए ।