वीरगन्ज । पर्साको तीनवटा साझेदारी वनको ८ विघा क्षेत्रफलमा प्रतिबन्धित लागूऔषध गाँजाखेती गरेको पाईएको छ । पर्साबाट गाँजाखेती औपचारिक रुपमा नियन्त्रणमा आएको लामो समयपछि साझोदारी वनकै ठूलो क्षेत्रफलमा गाँजाखेती लगाएको पाईएको हो ।
सशस्त्र प्रहरी बल, पर्साले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सखुवनियामा लगाईएको प्रतिबन्धित लागू औषध गाँजा खेती फडानी गररेपछि गाँजा खेती गर्ने गरेको खुलाशा भएको हो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–१ सखुनिया स्थित बिन्दबासिनी, कोईलाभार र बडनिहार साझेदारी वन उपभोक्ता समिति अन्तर्गत पर्ने ८ बिघा जग्गा अतक्रमण गरी अबैध रुपमा लगाएको प्रतिबन्धित लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बागेश्वरी तित्रौनाबाट खटिएको टोली र ईलाका प्रहरी कार्यालय एकटाँगाबाट प्रहरी बरिष्ट नायव निरीक्षक यज्ञनन्द प्रसाद साहको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजाखेती फडानी गरी नष्ट गरेको शसस्त्र प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।
विशेष सूचनाको आधारमा गाँजा खेती गरिएको भन्ने जानकारी आएपछि परिचालन भएको टोलीले उक्त स्थानमा पुगेर गाँजा फडाँनी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।