वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साले बरामद गरेको ९ लाख ८७ हजार ११५ मूल्य बराबरको भन्सार छलिको सामान वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार मेनगेट तथा बिभिन्न सीमानाकाहरुबाट भन्सार छलि गरेर भित्र्याएका सामानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको हो ।
भारतबाट अबैध रुपमा बिभिन्न यात्रुबाहक सवारी साधनमा लोडगरी नेपालतर्फ ल्याउदै गरेको ९ लाख ८७ हजार ११५ मूल्य बराबरको कपडा, किराना, मोटरपार्टस, हार्डवेयर, जुत्ता र ईलेक्ट्रिक सामानहरु बरामद गरी आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए ।