वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले राजनीति वा देशको नेतृत्व कसैलेपनि विरासतमा नपाउने बताएका छन् । वीरगन्जको पूरानो बसपार्क स्थिति त्रिशला रेष्टुरेण्टमा शनिबार आयोजित सानो पाईला गैरसरकारी संस्थाको १८ औं स्थापना दिवस तथा छैठौं साधरणसभाको उदघाटन गर्दै मेयर सिंहले त्यसका लागि लगनशील र धैर्य भएर जनताको विश्वास जित्नुपर्ने बताए ।
सामाजिक सञ्जाल फेसबुकमा नेताहरु देख्दा दिक्क लाग्ने गरेको बताउदै मेयर सिंहले आजको युवा पुस्तामा नकरात्मक सोच हाबी भएको र जायज नाजाय सबै कुण्ठा फेसुबकमै पोख्ने गरेको बताए । अरुलाई अर्ति उपदेश दिन निक्कै सहज हुने तर त्यहि कूरा आँफुमा लागू गर्न गाह्रो हुने मेयर सिंहको भनाई छ ।
फेसबुकमा गाली गरेर मात्रै वीरगन्ज समृद्ध बन्न नसक्ने भन्दै मेयर सिंहले आफूले कुनै त्रूटी गरेको भए त्यो सच्याउन तयार रहेको बताए । आफूले गरिरहेका काम कहिकतै कमजोरी भइरहेको छ भने सही सल्लाह र सुझाव आजको युवा पुस्ताले निरन्तर दिउन् भन्ने आफूले चाहेको बताए ।
वीरगन्जलाई ‘बैेभव वीरगन्ज’ बनाउने आफनो अभियानमा साथ दिन उनले वीरगन्जका युवा पुस्तालाई आह्वानपनि गरेका छन्। सानो पाईलाका अध्यक्ष सुदिप कुमार तामाङ लामाको अध्यक्षता तथा वीरगन्जका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव,
सानो पाइलाका संस्थापक कञ्चन झा, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।