कलैया । जिल्ला प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले विभिन्न मितिमा बरामद गरेको १ करोड ५१ लाख ६ हजार ९ सय ४९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजले वीरगंजबाट हेटौडा तर्फ जादै गरेको मे १ ख ३२८८ नम्बरको बसमा लोड गरेको चिनी १४० किलो, मटर ५० किलो र प्याज ३५ किलो गरी अन्दाजी २२ हजार ५०० रुपैंया बराबरको बिल भरपाई नभएको सामान सोमबार दिउँसो जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.–२१ अमलेखगंज चोकबाट बरामद गरेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बारागढीले सोमबार दिउँसो ३ बजेको समयमा बारागढी गाउँपालिका वडा नं.–६ सिहासनी चोकबाट भन्सार छली गरी ल्याउदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुन गरी २५ हजार ,०००र( बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी बरियारपुरले सोमबार राति ९स्३० बजे महागढीमाई नगरपालिका वडा नम्बर–२ मैनी चोकबाट भन्सार छली गरी ल्याएको ३६ हजार बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको छ । साथै बीआर ०५ एसी २५८३ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको ३६ हजार मूल्य बराबरको बिल भरपाई नभएको ८ बोरा मिठा बरामद गरेको छ ।
यसैगरी मंगलबार दिउँसो जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैयाबाट ६१ लाख ३ हजार ४५० मूल्य बराबरको विभिन्न खुद्रा सामान बरामद गरेको छ । वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको बिभिन्न खुद्रा समानहरूको आवश्यक कागजपत्र नभएको पाईएपछि बरामद गरेको बारा प्रहरीले जनाएको छ ।
सोही टोलीले सोही ठाउँमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको ४१ लाख ८५ हजार ५१४ रूपैया बराबरको लगायतको बिभिन्न खुद्रा समानहरू बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेकोले बरामद गरेको छ ।
त्यस्तै वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको १ लाख ४४ हजार ४८५ मूल्य बराबरको खुर्सानी १९ बोरा, मरिच पाउडर–३ कार्टुन, मिट मसाला–२ कार्टुन, काजु प्याकेट–३ कार्टुन समान बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको बरामद गरेको बारा प्रहरीले जनाएको छ ।