वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई कारवाहीको माग गर्दै नेपाल चिकित्सक संघले गृहमन्त्रीलाई ज्ञापन पत्रका पेश गरेको सम्बन्धमा उपभोक्ता हित सरक्षण मञ्च नेपालको गंभिर ध्यान आकर्षण भएको जनाएको छ ।
मञ्चका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै कार्तिक ३० र मंसिर १ गते वीरगन्जमा भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं साधारण सभाको उद्घाटन समारोहमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो मन्तव्यको क्रममा नेपालमा स्वास्थ्य क्षेत्रमा भइरहेको लापरवाहीको घटनाको उदाहरण दिने क्रममा चिकित्सको अपमान गरेको भन्दै चिकित्सक संघले कारवाहीको माग गरेको विषयमा मञ्चको ध्यानाकर्षण भएको जनाएको हो ।
रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा अस्पतालको लापरवाहीबाट सुत्केरी महिलाको मृत्युको घटनामा नेपाल चिकित्सक संघका पदाधिकारीले आफुलाई दिएको दबावसमेतका वेतिथि नेपालको स्वास्थ्य क्षेत्रमा रहेको अनुभव सहितको दृष्टान्त प्रजिअ अर्याले प्रस्तुत गरेका थिए ।
सोही अभिव्यक्तिलाई लिएर नेपाल चिकित्सक संघले प्रजिअ अर्याल विरुद्ध कारवाहीको माग गरिएको ज्ञापनपत्र गृह मन्त्री रमेश लेखकले ग्रहण गर्ने कार्यले एउटा इमान्दार असल निर्भिक नियमन अधिकारीको मनोबल घटाउने कार्य भएको उपभोत्ता हित संरक्षण मञ्चको बुझाई छ ।
विचार र अभिव्यक्तिको स्वतन्त्रता विरुद्धका यस्ता गतिविधिवाट संविधानको धारा ४४ ले प्रत्याभूत गरेको उपभोक्ताको हक, उपभोक्ता संरक्षण ऐन, २०७५ ले संरक्षण गरिएको उपभोक्ता अधिकार तथा नियमनको दायित्व सम्बन्धी व्यवस्था, व्यवसाय र मानव अधिकार सम्बन्धी अनुवन्धित विश्वव्यापी मान्यताको विरुद्ध हुनको साथै नेपाल सरकारको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई निष्कृय बनाउने षडयन्त्र भइरहेको मञ्चको ठहर रहेको जनाएको छ ।
‘यसर्थ यस्तो गैर कानूनी माग फिर्तालिई आफ्नो व्यवसायमा उपभोक्ता मानव अधिकारको सम्मान गर्न नेपाल चिकित्सक संघ र असल निर्भिक, नियमन अधिकारीलाई हतोत्साहित बनाई देशमा स्वास्थ्य सेवा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा लुट मञ्चाउन अनादेख गरि छुट दिने कार्यमा थप मलजल नगर्न नेपाल सरकार गृहमन्त्रालयसंग मञ्च हार्दिक अनुरोध गर्दछ ।’