वीरगन्ज । पर्सा प्रहरीले ८७ लाख ६१ हजार भन्दा बढीको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । बिलविजक भन्दा बढी सामान लोड रहेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.–८ घण्टाघरचोकबाट ना. ३ ख. ६९७१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
औषधीहरु लोड गरी वीरगञ्जबाट सप्तरीतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले प्राप्त सूचनाको आधारमा विल विजक भन्दा बढिका सामान रहेको आशंकामा मालबाहक ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
सामान सहित नियन्त्रणमा लिएको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।