वीरगञ्ज । गौतम माध्यामिक विद्यालयकी विद्यार्थी रिया साह पुनर्योगमा उत्कृष्ट अंक सहित एसईई उत्तीर्ण भएकी छिन् । एसईई २०८० को परीक्षा दिएकी साहले एसईई नतिजामा कम्प्युटर साईन्स विषयको ग्रेड कम आएर चित्त नबुझेपछि पुर्नयोगको लागि आवेदन दिएकी साहको कपी पुनःजाँच गर्दा ए ग्रेड ल्याएको पाईएको हो ।
उनलाई माध्यामिक शिक्षा परीक्षा बोर्डले ए ग्रेडको स्तरवृद्धि सहित उत्तीर्ण भएको घोषणा गरेको विद्यालय प्रशासनले जनाएको छ । उनको सफलतामा गौतम माध्यामिक विद्यालय प्रशासनले खुशी व्यक्त गर्दै साहको अटल धैर्यता र दृढ संकल्प सहित पुर्नयोगका लागि दिएको आवेदन दिएर चुनौतीपूर्ण क्षणको सामना गर्नुपरे पनि नतिजाले हौसला बढाएको जनाएको छ ।
रिया साहले हार मान्नुको सट्टा, दृढ रहेर पुनःजाँचको लागि निवेदन दिई सफल हुनु उनको कडा परिश्रम, लचिलोपन र विश्वास आवश्यक छ भन्ने कुराको पुष्टि गरेको विद्यालय प्रशासनले जनाएको छ ।
सावधानीपूर्वक पुनः मूल्याङ्कन पछि एसईई बोर्डले उनलाई कम्प्यूटर विज्ञानमा ग्रेड ए मा योग्य पाएर स्तरवृद्धि गरेको छ । उनको मेहेनत र लगनशीलताले अन्तिममा राम्रो नतिजा हात पार्न सफल भएको र प्रेरणादायी उपलब्धिको लागि उनलाई स्कुल प्रशासनले बधाई समेत दिएको छ ।