वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज रबि लामिछाने लाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी सहितको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।
रास्वपा पर्साले बुधबार बृहत ¥याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएको हो ।
रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा सान्केतिक रुपमा रबिलामेछाने लाई निर्दोश हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराएको थियो । साथै प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाब र घम्सा घम्सी समेतको बाताबरण बनेको थियो ।
जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब, प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया, पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
जुलुसमा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछानेलाई अर्झ पनि हिरासतमा राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले दावी गरे। उनले भने अब देश र जनताले रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको छ ।
कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी, उपसंयोजक तुलशा अधिकारी, प्रदेश सदस्य सुदिश प्रजापति, सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल, पालिका सभापति हरु माधब बस्नेत, उमेश गुप्ता, प्रदिप पटेल र पूर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो ।भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।