• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जका मेयर राजेशमान सिंह भन्छन् : ‘निर्भया र निर्मलाको जस्तो घटना हुनबाट रोक्न प्रशिक्षण’

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक २७, मंगलवार १३:३३ गते
वीरगन्जका मेयर राजेशमान सिंह भन्छन् : ‘निर्भया र निर्मलाको जस्तो घटना हुनबाट रोक्न प्रशिक्षण’
7
SHARES
78
VIEWS

वीरगन्ज । वीरगंज महानगरपालिकाले बुधबार एकैपटक १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि तालिम दिईने भएको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको मंगलबार पत्रकार सम्मेलन गरेर महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका ३८ वटा सामुदायिक विद्यालय सहित निजी विद्यालय र कलेज गरी १२५ वटा विद्यालयबाट १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले बताए । विद्यालयका किशोरी मात्रै नभई अन्य इच्छुक महिलाहरुले पनि तालिममा भाग लिन पाउने उनको भनाई छ ।

ADVERTISEMENT

यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको पहिचान अन्तर्राष्ट्रिय रुपमा हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे । उनले भने, ‘गिनिज बुकमा नाम लेखाउने नै तालिमको मुख्य उद्देश्य चाहिँ होईन । हामी वीरगन्जका चेलीहरु विभिन्न खाले हिंसाबाट सुरक्षित हुनका लागि आत्मरक्षा तालिम दिन लागेका हौं । भारतका निर्भया र नेपालको निर्मला पन्तले जस्तो वीरगन्जका चेलीले भोग्न नपरोस भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’

बुधबार एकदिन चारघण्टाका लागि दिईने प्रशिक्षणले मात्रै किशोरीहरुको रक्षा हुने नभई यसलाई निरन्तरता दिनका लागि नेपाल सरकारले गरेको नीतिगत निर्णय अनुसार हरेक विद्यालयमा हप्ताको एक दिन शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा आत्मरक्षाको तालिम अनिवार्य दिनुपर्ने गराएर निरन्तरता दिने बताए ।

प्रशिक्षणका लागि वीरगन्जको आदर्शनगर रंगशालामा ६ वटा ब्लक बनाईएको छ । एकातर्फ निजी विद्यालय र अर्कोतर्फ सामुदायिक विद्यालयका छात्राहरुलाई प्रशिक्षण दिईने छ । प्रशिक्षणका क्रममा कुनै स्वास्थ्य समस्या आएमा उपचारका लागि ६ वटै ब्लकमा हेल्थ डेस्क स्थापना गरिएको मेयर सिंहले बताए । त्यस बाहेक छुट्टै एउटा हेल्थ डेस्क पनि स्थापना गरिने छ ।

मेयर सिंहका अनुसार प्रशिक्षकहरुले निःशुल्क प्रशक्षिण दिनेछन् । उनीहरुको बस्ने खाने व्यावस्था भने वीरगन्ज महानगरपालिकाले आतिथ्यता सत्कारको रुपमा गर्नेछ । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

उनले विश्वमा चर्चित प्रशिक्षकलाई वीरगन्जमै बोलाएर प्रशिक्षण दिन पाउनुपनि वीरगन्जको लागि सुवर्ण अवसर भएको बताए । आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइ सकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले बलिउड र हलिउडका स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताउनु भयो । भोली हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन १ महिला स्वयंसेवीहरु खटाइएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

पर्सा प्रहरीद्वारा लागू औषध सहित एकजना र ८६ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा

Next Post

बाँकेमा कोदोखेतीको सफल परीक्षण

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In