काठमाडौं । नेकपा (माओवदी केन्द्र) को पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको सम्मेलन र खबरदारी सभा आयोजना गर्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
सरकारले गरिरहेको बेथितिहरूविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरिएको उनले बताए । त्यस्तै । केन्द्रीय समितिको बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीले सफलता हासिल गर्नका लागि आवश्यक तयारीका साथ जानेपनि निर्णय भएको उपाध्यक्ष सापकोटाले जनाए ।
त्यसैगरी सरकारले राम्रो काम गर्ने व्यक्तिहरूलाई हटाइरहेको र यसले देशमा असाधारण परिस्थिति सिर्जना भइरहेको, कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएर सत्तामा गएको तर अहिले यो विषय सेलाएको, संविधान संशोधन गर्नुपरे अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारेको छ ।
माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने प्रस्ताव राखेको छ। यसले विकृति, विसंगति, र राजनीतिक अस्थिरताको अन्त्य गर्ने पार्टीको धारणा रहेको जनाएको छ ।