वीरगन्ज । लोकआस्थाको पर्व छठ पूजामा देशभरमै सबैभन्दा आकर्षक मानिने वीरगन्जको घडिअर्वा पोखरीको छठ पूजा व्यावस्थापनमा साढे १८ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । तिहार सकिए लगत्तै चौथीं तिथिबाट विधिवत रुपमा शुरु हुने छठ पर्व तराई मधेसमा महापर्वको रुपमा मनाउने गरिन्छ ।
यसबर्ष घडिअर्वा पोखरी परिसरमा मनाईने छठ पूजाको व्यावस्थापनमा १८ लाख४४ हजार पाँचसय रुपैंया खर्च हुने अनुमान गरिएको हो । हरेक बर्षजस्तै यसबर्ष पनि घडिअर्वा छठपूजा व्यावस्थापन समितिले व्यावस्थापनका लागि लाग्ने अनुमानित आयव्यय सार्वजनिक गर्दै यसबर्ष जम्मा आम्दानी२ ६ लाख ११ हजार ३१८ रुपैंया आम्दानी र १८ लाख ४४ हजार पाँच सय खर्च भई ७लाख ६६ हजार ८१८ रुपैंया बचत हुने अनुमान गरिएको छठ पूजा व्यावस्थापन समितिको सुरक्षा समितिका संयोजक मनोहर साहले जानकारी दिए ।
समितिका अनुसार गतबर्षको छठ पूजा व्यावस्थापनमा २३ लाख ३८ हजार ७७० रुपैंया आम्दानी भई १६ लाख २८ हजार ४५२ रुपैंया खर्च र ७ लाख १० हजार ३१८ रुपैंया बचत भएको थियो । छठपूजाका लागि वीरगन्जको घडिअर्वा पोखरी देशभरमै चर्चित रहेको छ । घडिअर्वा पोखरीमा मनाईने छठ पर्वले देश तथा छिमेकी भारतका श्रद्धालु र ब्रतालुहरुलाई समेत आकर्षित पार्ने गरेको छ ।
तत्कालिन नगर प्रमुख विमल प्रसाद श्रीवास्तवको कार्यकालमा पर्यटकलाई आकर्षण गरी पर्यटन प्रवद्र्धन र विकास गर्न निर्माण गरिएको घडिअर्वा पोखरी परिसरको म्युजिकल फाउण्टेन तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहले उदघाटन गरेको थियो । अहिले त्यो बन्द छ । त्यसबेला सञ्चालनमा ल्याईएको म्युजिकल फाउण्टेनको संरक्षण अभावमा बन्द भएको हो ।
पर्यटक आकर्षण गर्ने म्युजिकल फाउण्टेन बन्दभएपनि बर्षमा एक पटक भव्य र विशेष मनाईने छठले देशविदेशका श्रद्धालुहरुलाई नै अकार्षित बनाउने गरेको व्यावस्थापन समितिको दावी छ । छठ पूजामा आउने भक्तजन र ब्रतालुहरुको सुरक्षाकालागि नेपालप्रहरी र सशस्त्रप्रहरी गरी एकसयजना सुरक्षाकर्मी र सादा पोशाकमा पनि सुरक्षाकर्मीहरु खटिइने पूजा व्यावस्थापन समितिका प्रेस संयोजक क्रान्ति साहले जानकारी दिए ।
उनका अनुसार पोखरी वरिपरी १६ वटा सीसीटिभी क्यामेराको निगरानीमा रहने र व्यावस्थापन समितिको तर्फबाट पनि स्वयंसेवकहरु परिचालन गरिने छ । छठ पूजा व्यावस्थापनकालागि समितिले विभिन्न दाताहरुसँग आर्थिक सहयोग संकलनगर्ने तथा स्वेच्छिक रुपमा दिने दान र व्यावसायिक प्रयोजनकालागि विज्ञापन वोर्डहरु पनि राख्ने गरिएको छ । घडिअर्वा पोखरीमा झण्डै पाँच लाखदर्शनार्थीहरु आउने भएकाले पनि व्यावसाय बढाउनका लागि विभिन्न कम्पनीहरुले प्रचार प्रसारकालागि वोर्डहरु राख्ने गरेका छन् ।
विशेष छठपर्वकै लागि अहिले त्रिवेणी समूहको अन्नपूर्ण भेजिटेबलले उत्पादन गर्ने अमृत घ्यु, आईडियल मोबाईल र टेक्नो मोबाईल लगायतका कम्पनीहरुले व्यावसायिक प्रचार प्रसारका लागि विज्ञापन वोर्डहरु राखिएको र अन्य व्यावसायिक कम्पनीहरुले पनि लगाउने चासो देखाएको समितिका सहसचिव प्रभाकर गुप्ताले बताए ।