वीरगन्ज । छठमा हुने जोखिम वहन गर्न बीमा गरिएको छ । लागि सजाइएको छठघाट तथा खटिने स्वयंसेवकहरुमा पनि किसिमको जोखिम नहोस भन्दै वीरगन्जको स्वीमिङपुल व्यवस्थापन समितिले बीमा गरेको हो। समितिका अध्यक्ष वर्णवालले मंगलबार साँझ छठ पूजाको तयारीको जानकारी दिँदै जोखिम वहन गर्नका लागि बीमा गरेको दिए।
छठ पूजाका लागि तयार गरिएको छठघाट सजावटमा बत्तीहरुको प्रयोग गरिएको छ । स्वयंव सेवकहरु खटिएका छन्। छठ पूजाका लागि सजाइएको विद्युतीय कुनै पनि घटना भएमा त्यसको जोखिम बहन लागि बीमा गरिएको अध्यक्ष वर्णवालले बताए ।
उनका अनुसार एभरेष्ट हिमालयन इन्स्योरेन्स कम्पनीमा दिनको लागि सजावटका सामग्रीहरुको २५ लाखको बीमा छ। पूजा व्यवस्थापनमा खटिएका स्वयं सेवकहरुको प्रति व्यक्ति ३ लाखको दरले दुर्घटना बीमा गरिएको बताए ।
स्वीमिङपुल परिसरमा तयार गरिएको छठघाट व्यवस्थापनमा सातदेखि आठ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । त्यसको लागि स्वेच्छिक रूपमा दिने आर्थिक सहयोग र विभिन्न पुरस्कारको समेत योजना राखिएकोले त्यसका लागि विक्री गरिने टिकटबाट संकलन गरिने समितिले जनाएको छ । तर, टिकट विक्रीलाई चिठ्ठाको रूपमा भने नलिएको समितिका अध्यक्ष वर्णवालले बताए।
उनले भने, ुहामीले चिठ्ठा नै भनेर बिक्री गर्ने गरेका छैनौं। दुई सय ५० रुपैयाँ दरको टिकट छठी माताको लागि आर्थिक सहयोग भनेर नै सम्झाएर टिकट विक्री गर्ने गरेका छौं। लिनेहरुलाई पनि त्यसलाई चिठ्ठाको रूपमा नलिन आग्रह गर्ने गरिएको छ। छठको तराई मधेशमा रौनक देखिएको छ।
मंगलवार ‘नहाय खाय’ अर्थात् नुहाए खानेवाट विधिवत रूपमा छठ सुरु हुन्छ। चार दिनसम्म मनाइने छठ पर्व विशेष रूपमा मनाइने गरिन्छ। वीरगन्जको घडिअर्वा पोखरी भने छठ पूजाको लागि देशभरकै आकर्षणको केन्द्रको रूपमा लिने गरिन्छ । वीरगन्ज महानगरपालिका-१० स्थित खडिअर्वा पोखरीमा हरेक वर्ष डेढ लाख रुपैयाँभन्दा बढी व्रतालुहरुले छठ पूजा गर्ने गरेका छन्। दर्शनार्थी र हेर्न आउनेहरु भने पाँच लाखभन्दा बढी हुने अनुमान छ।