वीरगन्ज । रुंगटा वेयलफेयर सोसाईटीले हिन्दूहरूको महान चाडपर्व छठको पावन अवसरमा छठ सामग्री वितरण गरेको छ । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको संयोजनमा रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साले वीरगन्ज महानगरपालिका वडा नं.–४ स्थित वीरगन्ज कारागारमा सारी तथा पिठो वितरण गरेको हो ।
प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका कोषाध्यक्ष सुरेश रुँगटाको उपस्थितिमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा कारागारमा ६० थान सारी र १२० किलो ग्राम पिठो वितरण गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा वेशका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पौडेल, प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना, वडा प्रहरी कार्यालय वीर्ताका प्र्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट,
वीरगन्ज कारागारका अधिकृत बिनय श्रीवास्तव लगायत ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी र समाजसेवीहरको उपस्थिति रहेको थियो ।