वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिकाको मधवलमा शुक्रबार शुरु भएको मेला तथा कुस्ती प्रतियोगिताको उदघाटन गर्दै मन्त्री गुप्ताले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ। मन्त्री गुप्ताले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय तथा सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।
उनले मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए। पर्सा लगायत अन्य जिल्लाहरुबाट पनि उद्यमशील सहभागी भर्इ आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुसी लागेको बताए ।
यस्तै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए । कुस्ती खेल तराई मधेमसको पहिचान भएकोले यसको संरक्षण गर्न सरकारको दायित्व भएको बताए । उनले कुस्ती खेललाई संरक्षण गर्न गाँउ गाँउमा यस्ता प्रतियोगिताहरु संचालन गर्नुपर्ने धारणा राखे ।
मन्त्री गुप्ताले यस्ता मेलाहरुमा मेलामा मन्त्री गुप्ताले उत्कृष्ट कुस्ती खेलाडीलाई सम्मान गरेका छन् । विराट कुस्ती दंगल मधवलले आयोजना गरेको मेला विराट कुस्ती प्रतियोगिता कुस्ती खेलाडीको लडाईबाट सुरु भएको उद्घाटन कार्यक्रमलाई मन्त्री गुप्ताले रेबनको फिता काटी कुस्ती खेलाडी जोडी मिलाई औपचारिकता दिएका थिए।
पर्साको बिन्दबासिनी गाउँपालिकाको मधवलमा शुक्रबार सुरु भएको उक्त मेलामा नेपाल सहित भारत लगायतका पुरुष कुस्ती खेलाडी लगायत हजारौंको सहभागिता थियो ।