• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

माओवादी भित्रै खबरदारी सभा आवश्यक

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक १३, मंगलवार १६:३० गते
माओवादी भित्रै खबरदारी सभा आवश्यक
1
SHARES
8
VIEWS
फणीन्द्र फुयाल ‘ज्वाला’

सत्ताबाट बाहिरिएको करिव एक सय दिनपछि नेकपा (माओवादी केन्द्र)ले सडकबाट सत्ताधारी दल एमाले–कांग्रेसलाई खबरदारी ग-यो । यसो त सरकारको हनिमुन अवधि मनाएको संसदका ठुला दल कांग्रेस–एमालेको एकमनावादी सरकार स्वार्थपूर्ण तरिकाले निर्माण भएको जगजाहेर नै छ । गिरिबन्धु टी स्टेट, ललिता निवास, बाँसबारी छाला जुत्ता उद्योगहुँदै नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका नाइके बेचन झालाई पक्राउ गरेपछि एमाले–कांग्रेसको गठजोड बनेको हो । यसअघिका प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी थियो ।

तर एकपछि अर्को गर्दै भ्रष्टाचारीहरु लगालग पक्राउ पर्न थालेपछि आतंकित बनेको कांग्रेसले सत्ताको काँध रातारात फे-यो । अहिलेको सरकारले हनिमुन अवधि त पुरा गरेको छ तर जनतामा प्रत्यक्ष प्रभाव पार्ने नयाँ काम कुनै पनि गर्न सकेको छैन । प्रधानमन्त्री र उनको क्याबिनेटका मन्त्रीहरु काम गर्ने कुनै मेलोमेसो नै पाउन सकेका छैनन । असोजमा आएको प्राकृतिक बिपत्ति र बाढी पहिरोमा परेर धेरै नेपालीहरुको ज्यान गयो । धेरै घरहरु बगे, डुबे । खेतीयोग्य जमिन र खेतबारीमा लगाइएका धानलगायतका अन्नबाली बाढीले सखाप पा-यो । काठमाडौं उपत्यकामै बाढीबाट आक्रान्त भएकाहरुले घण्टौँसम्म बचाऊ बचाऊ… भनेर गुहार माग्दा सरकारले सुनेन ।

ADVERTISEMENT

सरकारले सुरक्षाकर्मीहरु तत्काल खटाउन सकेन । देशको राजधानी काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलाको पहिरोमा परेर गाडीमा यात्रा गरिरहेका ३० जनाभन्दा बढि नागरिकले ज्यान गुमाउनु प¥यो । यी घटनामा सरकारले समयै उद्धार र राहत उपलब्ध गराउन सकेन । सरकार हराएको महसुश जनताले गरे । बरु प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा अमेरिका गएका बेला छिटो भ्रमण सकेर स्वदेश फर्किनुको सट्टा उतै घुमघाम र रामरमाइलोमा व्यस्त भए ।

जापान सरकारले बनाइदिएको बीपी राजगमार्गको अवस्था झनै नाजुक छ । यो राजमार्ग सरकार आफैंले बनाउने कि जापान सरकारलाई गुहार्ने भन्नेमा सरकार अझै अनिर्णित छ । बरु प्रधानमन्त्री ओली त कता कुन निकायमा आफ्नो दलका कार्यकर्ता भर्ति गर्न सकिन्छ भनेर कुबुद्धि लगाइरहेका छन् । उनी कसरी दलबीच भाँजो हाल्न र टुट फुट गर्न सकिन्छ भनेर अद्यादेश ल्याउने तरखरमा रातदिन नभनी भिडेका छन् । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई कसरी हटाउन सकिएला भन्नेमा उनको सारा बलबुद्धि खर्चिएको देख्न सकिन्छ । कुलमान घिसिङले विद्युतको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काटेपछि ओलीलाई १०४ डिग्री ज्वरो आएको छ ।

पुनः प्रसंग सुरु गरौं माओवादीको । कुनै समय माओवादी केन्द्रले आँखा झिम्क्याएर इशारा गर्दा एकै पकटक लाखौँ कार्यकर्ता शीरमा कफन बाँधेर मुक्तिका दर्बिला मुठी उठाउँदै सडकमा भेला हुन्थे । २०६३ सालमा जनयुद्ध त्यागेर शान्ति प्रकृयामा आएपछि माओवादी एकाध सरकार गठन बाहेक सबैमा सामेल भएको छ । ०६४ सालको संविधान सभाको निर्वाचनमा त माओवादी एक्लैले बहुमत ल्याएको थियो । यो बिचमा माओवादी नेताका छोराछोरी, साखासन्तान लगायत धेरैले मतदाता नामावलीमा नाम दर्ता गराए ।

यसरी हिसाव गर्ने हो भने माओवादीको मत ०६४सालको निर्वाचन भन्दा धेरै बढ्नुपर्ने हो । तर किन माओवादीको मत हरेक निर्वाचनमा घट्दै गएको छ? यसबारेमा माओवादीको मूल नेतृत्व अर्थात, खुमलटार किन चिन्तित् छैन? प्रचण्ड किन पुष्पकमल दाहाल बन्न लालायीत छन् ? नेपालका खाँट्टी माओवादीहरु पार्टी बिग्रनु्मा प्रचण्ड होइन, पुष्पकमल दाहालको खतरा बढी छ भनिरहेका छन् । त्यसैले त हिजोका बाबुराम, बादल, वैद्य, विप्लव, धर्मेन्द्र, लेखराज, टोपबहादुर, मणी, प्रभु, आहुती, गोपाल किराँतीहरु अहिले यो पार्टीमा छैनन् । यही कात्तिक १० गते काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध गरिएको खबरदारी सभामा पनि माओवादीले सोचेजति कार्यकर्ता (बीस हजार) उतार्न सकेन । डेढ वर्षअघि चार महिने रुपान्तरण अभियान सञ्चालन गरेको माओवादी अझै रुपान्तरण हुन सकेको छैन । फेरी यसपालि सरकार विरुद्ध खबरदारी सभा गरेको छ । त्यो खबरदारी माओवादीले आफैँविरुद्ध गर्ने हिम्मत गर्नुपर्छ । सक्छौ ?

माओवादीले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान ठिक छ, यो राम्रो छ । भ्रष्टाचार त कसैले पनि गर्नै हुन्न । यो अभियानले निरन्तरता पाउनु पर्छ । तर पहिला माओवादी आफैं विरुद्ध शुद्धीकरण जरुरी छ । जनता माओवादीको पक्षमा छ । तर भ्रष्ट आचरण र प्रबृत्तिका कारण माओवादी आफैं रक्षात्मक हुँदै गएको छ । त्यसैले माओवादीले पहिला आफंै विरूद्ध लड्ने हिम्मत गर्नुपर्छ । माओवादीमा साँस्कृतिक अभियान नयाँ ढंगले सुरु गर्नुपर्छ । त्यसको भित्रभित्रै तयारी पनि भइरहेको छ । बेला बेलामा प्रचण्डको कार्यशैली विरुद्ध बैठकमा हरिवाल गजुरेल, जनार्दन शर्माहरुले आवाज उठाइरहेका छन् । यसले निरन्तरता पाउनु पर्छ । प्रचण्डले बेला बोला बाँड्ने ललिपपमा यी आशालाग्दा नेताहरु भुल्नु हुँदैन ।

एकथरीले भन्ने गर्छन्, भृकुटीमण्डपमा केही कार्यकर्ता भेला पारेर आफ्नो मनको पिडा पोख्दैमा मन हलुका पार्नु बाहेक समाज रुपान्तरण हँुदैन कमरेड ! समाज रुपान्तरणका निम्ति आर्थिक सामाजिक, राजनीतिमा शुद्धीकरण ल्याउन जरुरी छ । प्रचण्डको नाम दिनको सात पटक जपेर उनीसँग सेल्फी खिचेर त्यही फोटो सामाजिक सञ्जालमा हालेर गुजारा चलाउनेहरुलाई प्रचण्डले चिनेका छन् । उनले ती तत्वहरुलाई खुमलटार भित्र छिर्ने मुलढोका बन्द गर्ने हिम्मत नगरेसम्म माओवादी पार्टी २०६४ सालमा फर्किन सक्दैन ।

आफू सत्तामा हुँदा दलाल, भ्रष्ट, कमिनखोर आदिको घेरामा रमाउने, उनीहरुको संरक्षण गर्ने र सत्ता गुमेको भोलिपल्टदेखि सुशासनको कडा नारा लगाउँदै गोहीका आँसु झारेजस्तो गर्नु नैं जनताले आशा र भरोशा गरेको नेपालको कम्युनिस्ट आन्दोलन बिसर्जनको बाटोमा अग्रसर भएको कुरालाई ठोकुवा गर्न सकिन्छ । र अर्को तथ्य के पनि हो भने पैसावाल कुलीन घराना पुँजीपति वर्गलाई माओको सिद्धान्त कुल्चिएर जथाभावी पार्टीमा भित्र्याउँने, पद बाँड्ने होडबाजीले श्रमजीवी, सर्वहारा बर्गले चाहेजस्तो सरकार कुनै पनि हालतमा निर्माण हुन सक्दैन ।

Advertisment Advertisment Advertisment

अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा त्यही प्रबृत्ति हावि छ, जो नहुनु पर्नेथियो । श्रमजीवी, सर्वहारा बर्गको दल दिन प्रतिदिन यसरी खस्कँदो र अलोकप्रिय हुँदै जानुमा पुष्पकमललाई थाहा नभए पनि प्रचण्डलाई त पक्कै थाहा हुनुपर्ने हो । माओवादी पार्टीको यस्तै हबिगत दोहोरिँदै जाने हो भने प्रचण्डलाई पुष्पकमको खतरा छ । कम्तिमा जनयुद्ध लडेका जिउँदा जाग्दा मान्छेहरुले यहीँभित्र बसेर निरन्तर खबरदारी गरिरहनु पर्ने आवश्यकता देखिँदै आएको छ । यसका लागि अन्यत्र तितरबित्तर भएका पूर्व जनयुद्धकर्मीहरु सबै संठित हुन समयले माग गरिरहेको छ ।

 

Previous Post

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

Next Post

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In