हेटौंडा । वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजका विद्यार्थीहरुलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेन्ट कलेजले बीबीएमा भर्ना भएका विद्यार्थीहरुको लागि अभीमूखीकरण तालिम मकवानपुरको थाहा नगरपालिका स्थित टिस्टुङ्मा रहेको ॐ अध्याय रिट्रिट रिसोर्टमा सम्पन्न भएको हो ।
कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदम राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अभिमूखीकरणको उदघाटन गर्दै प्रा.डा. जोशीले एपेक्स कलेजको यस वर्षको पहिलो ब्याच रहेको र एपेक्सले लिएको नीति अनुसार अगाडि बढ्दा उत्कृष्ट नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । स्तरीय पठनपाठन, मर्यादित परीक्षा र संचालक परिवर्तन रहित संस्था बनाउन समेत निर्देशन दिए ।
कलेजले भविष्यमा गर्ने अतिरिक्त क्रियाकलाप, पठनपाठन तथा विद्यार्थीहरुको अचारसंहिता सम्बन्धमा कलेका एकेडमिक डायरेक्टर दर्शन केसीले प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा कलेजका संचालकहरु बिनोद कुमार गुप्ता, सुरेश चौधरी, वीरगंग कलेजका कोडिनेटर राजेश्वर चौधरी, शिक्षक कृष्णा पासवान,
कलेजका शिक्षकहरु दिपेन्द्र कानु, जितेन्द्र पटेल तथा कर्मचारीहरु समिक्षा श्रेष्ठ, रमानरेश यादब र बीबीए प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजले यसबर्षदेखि सम्बन्धन प्राप्त गरेर बीबीए अध्यापन शुरु गरेको कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
पहिले ब्याचमै विद्यार्थीहरुको उत्साहजनक भर्ना आएको र अभिष्यमा कलेजको अध्ययन अध्यापन गुणस्तरीय बनाउन थप हौसला प्राप्त भएको डा.चौधरीले बताए ।