वीरगन्ज । सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्ध लगाएको विष्फोटजन्य पदार्थ पटाका बरामद गरेर नष्ट गरेको छ । बीरगञ्ज महानगरपालिका वडा–३१ स्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सोलखपुरले प्रतिबन्धित पटाका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याइरहेका पटाका बरामद गरेको हो ।
नेपाल सरकारले पैठारी गर्न प्रतिबन्ध लगाइएका समान पटाका चाड पर्व तिहार छठको मौका पारी ल्याईरहेको अवस्थामा गस्तीको क्रममा अन्दाजी मूल्य १ लाख २० हजार रुपैंया बराबरको पटाका बरामद गरी नष्ट गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य विरेन्द्र चौधरी, प्रहरी चौकी मिलनचौकका प्रहरी सहायक निरीक्षक दिपक अधिकारी प्रहरी हवल्दार रमेश प्रसाद साह, सगरमाथा टेलिभिजनका पत्रकार बालेश्वर गौरो र स्थानीय मुक्ति यादव लगायतको रोहबरमा बरामद पटाका नष्ट गरिएको सशस्त्र प्रहरी सुरक्षा वेश सोलखपुरका सशस्त्र प्रहरी नाउप निरीक्षक संजीव खड्काले जानकारी दिए ।