वीरगन्ज । नेपालमै पहिलो पटक मधेस प्रदेशको वीरगन्जमा आयोजना हुन लागेको स्टार्टअप सम्मेलनमा उत्साहजनक सहभागिता हुने भएको छ । सम्मेलनका लागि अनलाईन मार्फत आह्वान गरिएको आवेदनमा उत्साहजनक रुपमा दर्ता भईरहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म अनलाईन मार्फत सम्मेलनमा सहभागिताका लागि २४५ नवउद्यमी तथा बिद्यार्थीहरुले मधेश प्रदेशका सबै जिल्लाहरुबाट अनलाईन दर्ता गरी सकेका छन् ।
अनलाईन दर्तामा देखिएको उत्साहजनक संख्याले सम्मेलन भव्य हुने विश्वास गरिएको छ । नवउद्यमीहरुले गरेको सार्थक प्रयासको लागी महासंघ मधेस प्रदेशका अध्यक्ष टेमानीले धन्यवाद पनि दिएका छन् ।
वीरगन्जको क्लार्क रिसोर्टमा हुने सम्मेलनको मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उदघाटन गर्ने तथा भारतबाट गुगल हेड मुख्यवक्ताको रुपमा रहेको आयोजकले जनाएको छ ।
यो सम्मेलन मधेस प्रदेशका यूवाहरूलाई बिदेश जानु भन्दा आफ्नै देशमा काम गर्न उत्साहित गर्ने पनि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष टेमानीको भनाई छ ।