काठमाडौं । नेपालको विपद् व्यवस्थापनका लागि विश्व बैंकले १५० मिलियन (१५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने भएको छ।
विपद् व्यवस्थापनका लागि तत्काल सुविधा ९क्याट्रोस्ट्रोपी ड्र(डाउन० अन्तर्गत नेपाल सरकारलाई विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा। रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डिरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
बजेटरी सहायताका रूपमा उपयोग हुने उक्त रकम विपद्अन्तर्गत पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।