वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको पटेर्वा सुगौलीमा ठूलो क्षेत्रफलको गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले बुधबार दिउँसो पटेर्वासुगौली गाउँपालिका वडा नं.–२ थरकटीमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हो ।
करिब एक बिघामा लगाईएको ७ हजार गाँजाको बोट फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भईरहेको र उनीहरुलाई कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।