वीरगन्ज । मधेसी राष्ट्रिय मुक्तिमोर्चाको पर्सा जिल्ला समिति घोषणा गरिएको छ । विन्दवासिनीमा भएको मोर्चाको भेलाले विद्यासागर यादवको अध्यक्षतामा ५१ सदस्यीय मधेसी राष्ट्रिय मुक्तिमोर्चा जिल्ला समिति घोषणा गरेको हो ।
समितिको उपाध्यक्षमा दिनानाथ पटेल, शिवनाथ यादव, नरेश यादव, सगिर मियाँ गद्दी, सचिवमा महेश चौरसिया सहसचिवमा गोविन्द चौधरी र कोषाध्यक्षमा मुकेश गुप्तालाई चयन गरिएको छ । कार्यसमितिमा पदाधिकारी सहित ५१ सदस्यीय समिति रहेको छ ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेसी मुक्तिमोर्चाका इञ्चार्ज मातृका यादव, केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका संयोजक जगत यादव लगायतले अविर र टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।