कोल्हवी । जिल्ला प्रहरी कार्यालय बाराले कोल्हवीमा नागरिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोल्हवीको समग्र सुरक्षा चुनौती र यसका लागि समुदायमा प्रहरीले कसरी काम गरिरहेको छ ? कोल्हवीको सुरक्षामा समस्या लगायतका बिषयमा अन्तरकृया समेत गरेको थियो।
सोही नागरिक सुनवाईको अवसर पारेर कोल्हवी नगरपालिकाले ई.प्र.का. कोल्हवीलाई नयाँ क्वुआरटी १५० सीसीको यमाहा मोटर साईकल हस्तान्तरण समेत गरेको छ। मोटरसाईकलको चाबी हस्तान्तरण गर्दै कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले चारचक्के सवारी साधन जान नसक्ने ठाउँमा सुरक्षाका लागि छिटो प्रहरी पुग्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा उपस्थित वक्ताहरुको भनाईलाई प्रहरी प्रमुख महेन्द्र खडका, कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी र पूर्व मेयर भरत बहादुर भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रमको सन्चालन वरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीले गरेका थिए ।