वीरगन्ज । भारतबाट भन्सार छलि अवैध रुपमा सामान ओसार पसार गर्ने सामान सहितको मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
कार्तिक १ गते वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ ईनर्वा स्थित बिभिन्न सीमानाकाहरुबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ८ लाख ७० हजार ९२५ मूल्य बराबरको किराना, कपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस बरामद गरेको हो ।
त्यस्तै नेपाल बाट बीआर ०५ एन ७०३६ नम्बरको भारतीय मोटरसाईकलमा लोडगरी भारततर्फ लैजादै गरेको कस्तुरी मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको मोटरसाईकलको भन्सार मुल्य दुईलाख मुल्याङ्कन गरि जम्मा १० लाख ७० हजार ९२५ मूल्य बराबरको मोटरसाईकल सहितको सामानहरु आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।