हेटौंडा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीद्वारा विपद प्रभावितहरुसँग दशैंको खाना खाने कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेशको सिन्धुली जिल्ला खुर्कोटमा विपद प्रभावितहरूसँग दशै कार्यक्रम अन्तर्गत स्थानीय विपद प्रभावितहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी, स्थानीय समाजसेवी, जनप्रतिनिधिहरुबीच खाना खाने कार्यक्रम सम्पन्न भएको हो ।
महानपर्व दशैंको संघारमा विपदबाट प्रभावितहरुसँग विपदमा साथमै रहेर दुःखसुखमा साथ दिने र विपदबाट प्रभावितहरुको विक्षिप्त मनलाई केही राहत दिलाउनका लागि कार्यक्रम राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
बाहिनीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तीर्थराज पौडेलको उपस्थितिमा सशस्त्र प्रहरी सिन्धुलीका गुल्मपति इलाका प्रहरी कार्यालयका प्रमुख, वडाध्यश्न लगायत २ सय जनाको सहभागितामा विपद प्रभावितहरुसँग दशैंको खाना खाने कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी हेटौंडाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
त्यस्तै बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघको प्रायोजनमा २५० जनालाई मूलकोट, नेपालथोक र मंगलहारमा राहत वितरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।