• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जका व्यापारीको नियती : हरेक बर्षको चाडवाडमा टिपनटापन मात्रै व्यापार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ आश्विन २२, मंगलवार ०७:२६ गते
वीरगन्जका व्यापारीको नियती : हरेक बर्षको चाडवाडमा टिपनटापन मात्रै व्यापार
1
SHARES
6
VIEWS

वीरगन्ज । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका व्यापारीले हरेकबर्ष टिपनटापनकै व्यापारमा चित्त बुझाउनुपर्ने नियती बन्दै गएको छ । नेपाल भारतको खुला सीमा तथा सीमापारी नजिकैको बजारमा सस्तोमा सामान पाउने भएपछि सबै ग्राहकहरु पारी नै जाने गर्दा वीरगन्जका व्यारारीहरुको व्यापार टिपनटापन मै सीमित हुने गरेको हो ।

चारबर्ष अघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको समयमा वीरगन्जका व्यापारीहरुलाई निकै राम्रो भएपनि त्यसयता भने हरेक दिन ग्राहक कुरेर बस्नु बाहेक केही नहुने गरेको बताएका छन् । खासगरी मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीदेखि नै खस्किएको वीरगन्जको व्यापार त्यसयता लयमा फर्किन सकेको छैन ।

ADVERTISEMENT

मधेस आन्दोलनको बेला अधिकांश सामानहरु ग्रामीण क्षेत्रको बाटो हुदै बाराको जीतपुर, सिमरा लगायतका बजारसम्म पुर्‍याउने गरेका थिए । त्यहि बेलादेखि वीरगन्जको बजारको व्यापार सुकेको हो । त्यसपछि नेपाल राष्ट्र बैंकले चालूपूँजी कर्जा निर्देशिका जारी गरेर आयातमा लगाएको लगामले पनि व्यापार आधा घटेको थियो ।

महामारीको समयमा वीरगन्ज रक्सोल नाका बन्द हुँदा वीरगन्जका व्यापारीको व्यावसाय राम्रो हुँदा खुशी भएका अहिले भने पारी गुलजार बन्दा वीरगन्जमा टुलुटुलु हेरेर बस्नु परेको बताउछन् । खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु सीमापारी रक्सोलमा सस्तो पर्ने भएपछि सबै ग्राहकहरु रक्सोल जाने गरेका कारण अहिले रक्सोलको बजार गुलजार बनेको छ ।

वीरगन्जको व्यापार भने सुनसान भएको छ । अहिले दशैको मेलामा वीरगन्जको सडकमा जेरी (जिलेबी) प्लाष्टिकका खेलौना र कस्मेटिक सामानहरु बाहेक अन्य सामानहरुमा ग्राहकको भीड देखिएको छैन ।

वीरगन्ज उद्योग वाणिज्य संघले घटस्थापनादेखि सस्तो बजार लगाएपनि सीमापारी रक्सोल बजारकै प्रभावले सस्तो बजारमा पनि ग्राहकको उपस्थिति कम देखिएको छ । सबै उपभोग्य वस्तुहरु रक्सोलमा सस्तो पाउने भएपछि ग्राहकहरु उतै जाने गरेको वीरगन्ज उद्योग वाणिज्य संघका सचिव प्रेमचन्द गोयलले बताए ।

कोरोना महामारीमा देशभर खाद्यान्नको आपूर्ति श्रृंखलालाई सन्तुलनमा राख्न सफल भएको नेपालमा अहिले खाद्यान्नको व्यापारमा पनि कमी आएको नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य तथा नेपाल चामल तेल संघका निवर्तमान अध्यक्ष डा.सुवोध गुप्ताले बताए । राज्यको नीतिका कारणले पनि आयातित वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसकेर वीरगन्जको व्यापार खस्किएको गुप्ता बताउछन् ।

भारतबाट धान आयात पनि रोकिएको र नेपालमा उत्पादित धान पनि सकिएकोले चामल उद्योगहरु बन्द प्रायः रहेको वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष शिवजी प्रसाद कलवारले बताए । व्यापार नै घटेकोले पनि अहिले वीरगन्जको व्यापार व्यावसायमा उत्साह कम भएको उनको भनाई छ ।

सीमापारी रक्सोलमा सस्तो पाउने भएपछि धेरैजसो पारी जाने र बाँकी रहेका केही उपभोत्ता वीरगन्जमा खुलेको भाटभटेनी स्टोरमा जाने गर्दा पनि बीचमा पर्ने वीरगन्जको बजार चाडपर्वमा पनि सुक्खा जस्तै लागेको सिटी मार्टका सञ्चालक राम लामाले बताए ।

Advertisment Advertisment Advertisment

 

Previous Post

पर्सा प्रहरीको अनुरोध : बहुमूल्य सामानहरु लगाएर भीडभाडमा नजाऔं, कतै गएको तस्वीर फेसबुकमा अपडेट नगरौं

Next Post

बारामा ज्येष्ठ नागरिकको पैसा लुट्ने चारजना भारतीय नागरिक पक्राउ

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In