काठमाडौँ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको हुँदा देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
विभागले सोमबार जारी गरेको मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।
यसैगरी सोमबार राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।