• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

कार्तिक २४ गते मधेस प्रदेश स्तरीय स्टार्टअप सम्मेलन हुने

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ आश्विन २०, आईतवार २०:२५ गते
कार्तिक २४ गते मधेस प्रदेश स्तरीय स्टार्टअप सम्मेलन हुने
6
SHARES
71
VIEWS

वीरगन्ज । मधेस प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ को आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप समिति, मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईइडीआई) को सहकार्यमा आउँदो कात्तिक २४ गते देशकै औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा मधेश प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ को आयोजना गर्न लागिएको आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

वर्तमान विश्वअर्थतन्त्र, उद्यम र व्यापारमा स्टार्टअप (नवप्रवर्तन) संस्कृति अपरिहार्य बन्दै गएको र नेपालको सन्दर्भमा पनि अब परम्परागत तरिकाले अर्थतन्त्रलाई गति दिन सहज नभएकोले नवीन सोच, प्रविधि, र नवप्रवर्तनमार्फत अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउने साधनका रूपमा स्थापित हुँदै गइरहेकोले मधेस प्रदेशस्तरीय स्टार्टअप सम्मेलनको आयोजना गर्न लागिएको हो ।

ADVERTISEMENT

सम्मेलनले स्टार्टअप प्रवद्र्धधन गर्दै नव उद्यमशीलतालाई प्रोत्साहित गर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए ।स्टार्टअपलाई प्रबद्र्धन गर्ने सरकारी नीति र अर्थतन्त्रमा स्टार्टअप संस्कृतिलाई अघि बढाउने नीति भएपनि आशातित प्रवद्र्धन हुन नसकेकोले स्टार्टअपबारे स्पष्ट दृष्टिकोण र बुझाइ, त्यसअनुसारको योजना र स्रोतदेखि बजार व्यवस्थापनसम्म नवीन तरिकाबाटै यसका सरोकारहरुलाई सम्बोधन गर्न सकिने आयोजकको दावी छ ।

सम्मेलनले प्रदेशका उद्यमीहरूलाई सशक्त बनाउन महत्वपूर्ण योगदान दिने जनाएको छ । सम्मेलनमा देशविदेशमा ख्याति कमाएका प्रशिक्षकहरुबाट नेपालमा स्टार्टअपको सम्भाव्यता, सरकारले यसको प्रबद्र्धनका लागि लिएको नीति, स्टार्टअप चेतनाको विस्तार र नव उद्यमीहरुका लागि अवसरहरुको खोजीबारे पर्याप्त जानकारी दिने जनाएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलता र रोजगारीकै समस्याका कारणले प्लस टु अध्ययनपछि अध्ययन र रोजगारीको सिलसिलामा विदेश पलायन भएका युवाहरुलाई देशमै सम्भावना र अवसरहरु छन् भन्ने बुझाउन र नयाँ नयाँ ज्ञान, सीप र क्षमतालाई विदेश पलायन हुनबाट सम्मेलनले सहयोग पुग्ने महासंघका मधेश प्रदेश अध्यक्ष टेमानीले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले नेपालमा कृषि र जडिबुटीसँग सम्बन्धित धेरै स्टार्टअपहरु सुरु भएको र अझै धेरै पहिचान गर्न बाँकी रहेकोले सम्मेलनले नयाँ नयाँ उद्यमको विकास र प्रवर्तनमा नयाँ आयाम थपिने बताए । नेपालमा पाईने विभिन्न खालका जडिबुटीहरुबाट बन्ने औषधिजन्य वस्तुहरु महंगोमा बिक्री हुने गरेको तर, त्यसको व्यावस्थापन र बजारीकरणको समस्या भएकोले त्यसका लागि सम्मेलन कोशेढुंगा हुने बताए ।

सम्मेलनमा नव उद्यमीहरूका लागि अवसरहरूको खोजी, जोखिम व्यवस्थापन र नवीन उद्यमशीलताका उपायहरूको बारेमा चर्चा हुने । नेपालमा स्टार्टअपको वातावरण कसरी तयार पार्न सकिन्छ भन्नेबारे अन्तर्राष्ट्रिय स्तरका सफल उदाहरणहरूको प्रस्तुत हुने, स्टार्टअप संस्कृति कसरी अघि बढाउन सकिन्छ र यसको आर्थिक महत्व के छ ? भन्नेमा विस्तृत छलफल हुने नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अनुसन्धान समितिका संयोजक डाक्टर बासुदेवलाल कर्णले बताए ।

नेपाल सरकारले स्टार्टअपहरूका लागि लिएका नीतिहरू, सुविधा र योजनाहरूको बारेमा जानकारीका साथै नव उद्यमीहरूका लागि स्टार्टअपहरू सुरु गर्ने प्रक्रिया, चुनौतीहरू र त्यसलाई सफलतामा परिणत गर्ने उपायहरूको बारेमा विज्ञहरुबाट व्यावहारिक सुझावहरू आउने जनाएको छ । सम्मेलनमा विभिन्न क्षेत्रमा ज्ञान र सीप तथा भएका विद्यार्थीहरु खासगरी वीरगन्जमा जन्मिएर विभिन्न क्षेत्रमा अध्ययनको सिलसिलामा गएकाहरुलाई विशेष सहभागिता गराईने स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले बताए ।

सम्मेलनमा नयाँ सोच र दृष्टिकोणका साथ उद्यम सुरु गर्न चाहनेहरू, स्टार्टअप चलाइरहेकाहरूलाई थप प्रबर्द्धनका लागि मार्गदर्शन र उद्यमशीलतामा भविष्य देख्ने विद्यार्थीहरूका लागि यो अवसर हुनुका साथै आजको युग सुहाउँदो उद्यमशीलता र उद्यमका तरिकाबारे जानकारी आर्जन गरी लाभ उठाउन सक्ने आयोजकको भनाई छ ।

Advertisment Advertisment Advertisment

मधेश प्रदेशका आर्थिक सम्भावनाहरूलाई उजागर गरी उद्यमशीलतालाई प्रबद्र्धन गर्ने अवसर मात्रै नभई स्टार्टअपहरूको लागि उपयुक्त नीति निर्माण, नवीन सोचको प्रबद्र्धन र समकालीन आर्थिक चुनौती समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्मेलनको मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले उद्घाटन गर्ने छन् ।

उद्घाटनपछि प्रमुख वक्ताको रुपमा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाबाट विश्व अर्थतन्त्रमा स्टार्टअपका आयामहरुका बारेमा जानकारीमूलक मुख्य सेसन रहने जनाएको छ । उद्यमका अध्येता जुना माथेमा, डा. सार्थक बक्षी, नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा परराष्ट्र मामिला मञ्चका अध्यक्ष एवम् युवा उद्यमी मनोज पौडेलले पनि प्रशिक्षण सत्रमा सहभागिता जनाउने छ ।

त्यस्तै उद्यमी एवम् प्रख्यात प्रशिक्षक सुमन शाक्य, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम, हेल्भटास नेपालका मधेश संयोजक कृष्णलाल कर्ण, खल्ती एपका सहसंस्थापक एवम् सञ्चालक अमित अग्रवाल, उपायका सहसंस्थापक रञ्जीव श्रेष्ठलगायतले कार्यक्रममा आफ्ना अनुभवबाट सहभागीहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, स्टार्टअप मधेस प्रदेश संयोजक अनुप अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको अनुसन्धान समिति संयोजक वासुदेवलाल कर्ण, स्टार्टअप नेपालका चन्दन सिंह लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

Next Post

बडादशैंको आज पाँचौं दिन पनि आज कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In