• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

किर्ते गरी नागरिकता लिएका भारतीय नागरिक बाबुछोरा पक्राउ, एकजना फरार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ आश्विन १८, शुक्रबार १४:१८ गते
किर्ते गरी नागरिकता लिएका भारतीय नागरिक बाबुछोरा पक्राउ, एकजना फरार
9
SHARES
101
VIEWS

वीरगन्ज । झूठो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा बारा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भारतको विहार राज्यको अदापुर निवासी मोजाहिर मियाँ र उनका छोरा नेपाली नागरिकता लिएको विषयमा उजुरी परेपछि बारा प्रहरीले पक्राउ गरेको हो ।

मोजाहिर मियाँ र उनका छोरा सनुल्लाह मंसुरीलाई बारा प्रहरीले चितवनबाट पक्राउ गरेर ल्याएको स्रोतले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले नागरिकता मुद्दामा दुईजनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको बताए ।

ADVERTISEMENT

मोजाहिर मियाँका अर्का छोरा रायन मन्सुरी भने फरार रहेका छन् । उनले अनुरुल्लाह मंसुरीको नामबाट पनि नागरिकता लिएका छन् । बारा प्रहरीमा परेको उजुरीको आधारमा उनीहरुलाई चितवनबाट पक्राउ गरेको पुष्टि गरेको छ । अदापुर निवासी भारतीय नागरिक मोजाहिर मियाँले आफूले बारा जिल्लाबाट नेपाली नागरिकता लिएर छोराहरुलाई धनुषा र बाराबाट पनि दोहोरो नागरिकता लिएको भेटिएको छ ।

छोरी आयशा खातुनलाई भने पर्सा जिल्लाबाट नागरिकता दिलाएको भेटिएको छ । मोजाहिर हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ कलमनगरमा बस्दै आएका छन् । उनले बारा जिल्लाबाट लिएका छन् । भारतीय नागरिक मोजाहिरले जिल्ला प्रशासन कार्यालय बाराबाट अबास हुसैन बनेर २०६९ बैशाख २९ गते झुठा विवरण पेश गरी नागरिकता लिएका छन् ।

त्यसपछि २०८० जेठ २६ गते प्रतिलिपि समेत लिएको पाईएको छ । मोजाहिरले अबास हुसैनको नाममा लिएको नागरिकतामा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ उल्लेख गरिएको छ । प्रतिलिपि दिने कर्मचारी जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत अनिता कुमारी राजबलवट र जारी गर्ने प्रशासकीय अधिकृत विपिन कुमार यादवको नाम उल्लेख गरिएको छ ।

त्यस्तै अबासका छोरा अनुरुल्लाह मन्सुरीले धनुषाको अन्दुपट्टी वडा नम्बर २ को ठेगानाबाट २०६० जेठ २६ गते खटिएको टोलीबाट वंशजको नागरिकता लिएका छन् । उनको नागरिकतामा टोली प्रमुख राजेन्द्र प्रसाद यादवले हस्ताक्षर गरेका छन् । अर्का सनुल्लाह मन्सुरीले पनि धनुषाबाटै नागरिकता लिएका छन् । तर, उनको नागरिकतामा उल्लेख गरिएको ठेगाना भने बेग्लै छ ।

सनुल्लाहको नागरिकतामा लामागढा गुठी वडा नम्बर २ ठेगाना उल्लेख गरिएको छ । उनको पनि बंशजको नागरिकतामा प्रशासकीय अधिकृत विनोद दाहालको हस्ताक्षर छ । सनुल्लाहले २०६४ जेठ २८ गते नागरिकता लिएका हुन् । मोजाहिर आफूले बाराबाट वंशजको नागरिकता लिए । छोराहरुलाई धनुषाको अलग अलग ठेगनाबाट नागरिकता दिलाउन सफल भए ।

उनले छोरीलाई पर्सा जिल्लाबाट नाम परिवर्तन गरेर नागरिकता दिलाए । उनकी छोरी आयशा खातुनलाई मोजाहिरले नसरुद्दीन मियाँ बनेर नागरिकता दिलाएका छन् । छोरीले लिएको नागरिकतामा भने जारी मिति र गर्ने अधिकारीको नाम समेत उल्लेख गरिएको छैन । मोजाहिरको छोराहरु मध्य धनुषाको लामागढा गुठीको ठेगानाबाट नागरिकता लिएका सनुल्लाह मन्सुरीले गण्डकी प्रदेशको पोखराबाट सवारी चालक अनुमति पत्र पनि लिएका छन् ।

भारतीय नागरिक मोजाहिरका छोरा सनुल्लाह र अनुरुल्लाहले बारा जिल्लाबाट पनि अर्को नागरिकता लिएको खुलेको छ । स्रोतका अनुसार सनुल्लाहले रायन मन्सुरीले बाराबाट रायन मंसुरीको नामबाट नागरिकता लिएका छन् । उनले लिएको नागरिकता नम्बर ३३–०१–८१–०४२४५ रहेको छ । त्यस्तै अनुरुल्लाहले पनि नाम परिवर्तन गरेर नागरिकता लिएका छन् । उनले लिएको नागरिकताको नम्बर ०३३–०१–०८१–०४४४१ उल्लेख गरिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सस्तो बजार र दशैंको शुभकामना आदान प्रदानको आयोजना

Next Post

नयाँ कदम नेपालको दोश्रो साधारणसभा तथा वडादशैं, तिहार र छठको शुभकामना सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In