काठमाडौँ । असोज ११ र १२ गते आएको अबिरलत बर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या दुई सय २८ जना पुगेको छ । त्यो प्राकृतिक विपदमा परेर २५ जना अझै बेपत्ता छन् ।
अन्य एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । अहिले सम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ । खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको पनि उनले बताए ।