वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड ६७ लाख भन्दा बढीको खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा सडकखण्डबाट ना.५ ख ५५४२ र बा.प्र.०३–००१ ख १६५५ नम्बरको मालबाहक ट्रकहरू नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक्त ट्रकहरुलाई रोकेर जाँच गर्दा विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका मालबस्तुहरू लोड रहेको आशंकामा ट्रक नियन्त्रणमा लिएको पर्सांका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
वीरगन्जबाट चितवन हुदै बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा दुईवटा ट्रकबाट १ करोड ६७ लाख १९ हजार चारसय बराबरका खाद्यान्न तथा औषधी लगायतका मालबस्तुहरू लोड गरेको ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।