वीरगन्ज । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) वीरगंज च्याप्टरको अध्यक्षमा बद्री बहादुर अधिकारी चयन हुनु भएको छ । असोज ११ गते शुक्रबार होटल मकालु सम्पन्न भएको वार्षिक साधारणसभाले अधिकारीलाई नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) वीरगंज च्याप्टरको अध्यक्षमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा निशान्त कुमार लामिछाने, उपाध्यक्षमा मुरारी प्रसाद सुवेदी, महासचिव नितेश कुमार दास, सचिवमा धनन्जय ठोकर र कोषाध्यक्षमा हुलास यादबलाई चयन गरेको छ । समितिको सदस्यहरुमा संदिप सिंह ठकुरी, निराजन शर्मा, चाँद मोहम्मद अन्सारी, दयानिधि प्रसाद ओझैया र ओम प्रकाश पटेललाई चयन गरेको छ ।
संस्थाको सल्लाहाकारहरुमा अमर बहादुर गौतम, शैलेश राज रेग्मी, सुरेश चन्द्र गुप्ता, कृष्ण मुरारी शरण, विनित कुमार, दिपक राज तिवारी र शशी कुमार श्रेष्ठलाई चयन गरिएको छ ।
यसअघि साधारणसभाको प्रमुख अतिथि नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक रोशन महासेठले उदघाटन गरेका थिए । धिरज कुमार शर्माको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
निप्स बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको साझा संगठन हो । यसले वीमा क्षेत्रमा देखिएका विसंगती, चुनौती र समस्याहरुको निराकरण गरी स्वस्थ प्रतिस्पर्धामा वीमा व्यावसायलाई अगाडि बढाउने उद्देश्यले गठन गरिएको संस्था हो ।