वीरगन्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भएको भेटवार्ताको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले गरेको टिप्पणीप्रत प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डसँगको भेटको विषयमा फेसबुक पेजमा लेखेको विषयको प्रचण्डको सचिवालयले खण्डन गरेको हो । सचिवालयले मिश्रले उल्लेख गरेको विषयलाई राजनैतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको भन्दै त्यसलाई राजनीतिक संस्कार होईन भनेको छ ।
प्रचण्डसँगको भेटको विषयमा आफ्नो फेसबुक पेजमा रविन्द्र मिश्रले प्रचण्डले राजसंस्थालाई स्वीकार गरेको आशय सहित लेखेका छन् । मिश्रले बुँदागत रुपमा लेखेर प्रचण्डले अब यसरी देश बन्दैन भनेर राजालाई स्वीकार गर्न खोजेको भन्ने अर्थ लाग्ने गरी उल्लेख गरेका छन् ।
आफूले प्रचण्डसँग राखेको कुरामा सहमति जनाएको जस्तै मिश्रले प्रचण्ड राजासँग नमिलेर पछुताएको जस्तो गरी बुझाईको पोष्ट लखेकाले त्यसको प्रचण्ड सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डको सचिवालयले मिश्रलाई सस्तो राजनीतिक प्रचारमा नलागेको भए हुन्थ्यो भनेर सुझाव पनि दिएको छ । प्रचण्डको विचार भनेर मिश्रले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन भनेको छ।
पञ्चयतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा नरहेको पनि स्पष्ट पारेको छ ।
के लेखेको थियो रबिन्द्र मिश्रले ?