वीरगंज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । श्मशान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताए ।
वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । महानगरपालिकाले श्मशनघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।
यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित श्मशनघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ । वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान गरे ।