वीरगन्ज । वीरगन्जको मनकामना माध्यमिक विद्यालयले विद्यार्थी कल्याण परिषदको सपथग्रहण तथा ब्याच वितरण समारोह सम्पन्न गरेको छ । वीरगन्जको वडा नम्बर ४ भगवती टोलमा रहेको विद्यालय परिसरमा आयोजना गरिएको सपथग्रहण तथा ब्याच वितरण समारोह आज सम्पन्न भएको हो ।
विद्यार्थी कल्याण परिषदमा चयन भएका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले सपथ ग्रहण खुवाएका थिए । साथै कक्षा नर्सरीदेखि १० सम्म चयन भएका क्याप्टेन, भाईसक्याप्टेन, मनिटर लगायतलाई ब्याच वितरण समेत गरिएको विद्यालयका प्रधानाध्यापक पुरन प्रधानले जानकारी दिए ।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा फोनिज मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, स्थानीय तुफैल अन्सारी, राजिव यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक सुनिल यादवले गरेका थिए ।